चेलीबेटी बेचबिखन गर्नेलाई नौ वर्ष कैद सजाय
इलाम, ९ वैशाख । एक अपरिचित महिलालाई विवाह गर्छु भन्दै भारतको सिक्किम लगेर बिक्री गरेको आरोपमा थुनामा रहेका सुलुबुङ–१ का २८ वर्षीय वीरेन देउसालीलाई पुनरावेदन अदालत इलामले मङ्गलबार नौ वर्ष कैद र पीडितलाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलासले वीरेनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताउनुभयो ।
यसअघि जिल्ला अदालत इलामले वीरेनलाई मङ्सिर २४ गते मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद, रु दुई लाख जरिवाना र सोही ऐनको दफा १७ बमोजिम पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।
यसैबीच बलात्कारको आरोपमा जिल्ला अदातलबाट छ वर्ष कैद फैसला सुनाइएका इलाम सुलुबुङ–७ का २५ वर्षीय कृष्णबल देउसाली (राई) लाई पुनरावेदन अदालत इलामले छ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला अदालत इलामले कात्तिक २१ गते देउसालीलाई छ वर्ष कैद सजाय सुनाएको थियो । अठार वर्षीया युवतीलाई २०७१ भदौ २२ गते धारामा पानी लिन गएको मौका छोपी बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया