बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २०:२३
वासिङटन डिसी 09:38

गाउँघर क्लिनिक केन्द्रलाई हस्तान्तरण

इनेप्लिज २०७२ वैशाख ९ गते ३:५८ मा प्रकाशित

kailali-dist.-map-350लम्की (कैलाली), ९ वैशाख । कैलालीको उदासीपुर–१ सुन्दरपुरस्थित गाउँघर क्लिनिक भवन एक कार्यक्रमबीच प्राथमिक स्थास्थ्य केन्द्रमा हस्तान्तरण गरिएको छ ।

उदासीपुर गाविसको रु ८० हजार आर्थिक सहयोगमा निर्मित एककोठे कच्ची भवनको हस्तान्तरण गरिएको हो । गाउँघर क्लिनिकबाट प्रजनन स्वास्थ्य सेवा तथा परामर्श, सम्पूर्ण खोप कार्यक्रम तथा अन्य स्वास्थ्य सुविधा प्रदान हुने क्लिनिक निर्माण उपभोक्ता समिति अध्यक्ष पदमबहादुर ऐरले बताउनुभयो ।

गाविसले चालु आर्थिक वर्षमा सुन्दरपुरमा रहेको क्लिनिकसहित तीन वटा गाउँघर क्लिनिक निर्माणका लागि रु ८० हजारका दरले बजेट विनियोजन गरेको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख श्रीराम चौधरीले बताउनुभयो ।

गाविसको वडा नं ९ प्रतापुर र वडा नं ५ सिउपुरमा गाउँघर क्लिनिकको हस्तान्तरण गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया