एनआरएनए पोर्चुगलको पाँचौ अधिवेशन अगस्त ९ मा हुने

इनेप्लिज २०७२ वैशाख ९ गते ०:३८ मा प्रकाशित
nrn portugal
लिस्वन, गैर आवासशिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्चुगलको पाँचौ अधिवेशन ९ अगस्त २०१५  लिस्वनमा हुने भएको छ । मङ्गलवार संघको कार्यक्षय रोशियोमा बसेको कार्य समिति बैठकले अधिवेशनको मिती तय गरेको हो ।

नेपालीहरुको छाता सङ्गठनको अधिवेशनको घोषणा सँगै यहाँ स्थित संघ सङ्गठनहरु माझ नयाँ तरङ्ग सिर्जना गर्ने अनुमान गरिएको छ । आगामी नेतृत्वमा के कस्ता व्यतिहरु आउलान भन्ने चासो नेपाली समुदायमाझ चर्चाको विषय बन्नेछ ।

यसअघिको चौथो अधिवेशनमा जनप्रगतिशिल मंच, संघिय समाजवादी दल र आदिवासी जनजाति महासंघ समर्थकहरुले आफूले दावी गरेका पदहरु नपाएपछि बहिष्कारको रणनिति लिएका थिए र हालसम्म  संघका गतिविधिमा सहभागिता जनाएका छैनन् । चौथो अधिवेशनमा जनसंपर्क समिति र प्रवाशी नेपाली मंच समर्थकहरुको सहयोगमा रमेश कुमार गुरुङ् नेतृत्वको कार्य समिति कार्यरत रहेको छ । तेस्रो अधिवेशनमा अपेक्षाकृत सहमतिको कार्य समिति चयन भएतापनि सचिव पदको लागि भने निर्वाचन भएको थियो । तेस्रो अधिवेशन सहित अध्यक्ष गुरुङ्को यो दोस्रो कार्यकाल हो ।

 दोस्रो अधिवेशनमा लक्ष्मी प्रसाद सापकोटा नेतृत्वको प्यानल निर्वाचित भएको थियो भने सचिवमा बाँगि उम्मेदवार विजयी भएका थिए । एनआरएन पोर्चुगलका सस्थापक अध्यक्ष पूर्ण हमाल हुन् र उनी प्रथम अधिवेशनका निर्विरोध अध्यक्ष हुन् ।

 भर्खरै मात्र एनआरएन अन्तराष्ट्रिय परिषदले ल्याएको नियमावलीले स्थानिय स्तरमा के कस्तो प्रभाव पार्ने हो त्यो भने हेर्न वाँकी नै छ । नयाँ नियमावली अनुसार कुनै पनि राजनैतिक, जातिय र धार्मीक संघ-संगठनको पदाधिकारी रहेको व्यक्ति एनआरएनको नेतृत्वमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

 एनआरएन पोर्चुगलको नेतृत्व चयन गर्दा के-कस्ता खालका समिकरण बन्ने हुन त्यो भने गर्भकै विषय हो । अधिवेशनको घोषणाले आन्तरिक रुपमा विभिन्न खाले चलखेल अवश्य पनि शुरु हुने नै छन् । हालसम्म कसैले पनि नेतृत्वको लागि सार्वजनिक रुपमा दावी भने गरि सकेका छैनन् ।

 संघले पोर्चुगलमा बसोबास गर्ने नेपालीका समस्याको समाधानार्थ लागि परिरहेको बताउछन् अध्यक्ष गुरुङ् । एमआरपी कागजात प्रमाणिकरणको लागी पेरिश स्थित दुतावास सँग सहजकर्ताको भुमिका निर्वाह गरिरहेको उनले वताए । यसका अलवा भैपरि आउने भवितव्य च्यारिटि सहयोग र यहाँका समस्यालाई पोर्चुगिज तथा नेपाल सरकार सँग पुर्याउने र समाधानका लागी निरन्तर दवाब दिइरहेको छ । परिवार मिलन भाषाको सहजिकरण र नेपालमा पोर्चुगिज कन्सुलेट स्थापनाका लागि प्रयास जारी रहेको उनले बताए । लिस्वनमा नेपाली कन्सुलेट स्थापना र नेपाल हाउसको स्थापनाका लागि प्रक्रिया सुरुवात हुनु  आफ्नो कार्यलयका ठूला उपलब्धिका रुपमा लिन्छन् अध्यक्ष गुरुङ् ।

प्रतिक्रिया