मापसेबापत चितवनमा दुई करोड राजस्व
इनेप्लिज
२०७२ वैशाख ८ गते ९:२१ मा प्रकाशित
रत्ननगर (चितवन), ८ वैशाख । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सवारी नियम उल्लङ्घन गरेकाहरुबाट चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले करिब रु दुई करोड राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०७१÷७२ को चैत मसान्तसम्ममा ३८ हजार ६०८ सवारी साधन कारबाहीमा परेका र तिनबाट रु एक करोड ९० लाख ९२ हजार बढी राजस्व सङ्कलन भएको हो ।
सोह्र हजार बढी मोटरसाइकल कारबाहीमा परेको कार्यालय प्रमुख रमेशराज भेटवालले बताउनुभयो । सात हजार ट्रक, छ हजार ७०० बस, कार जिप र भ्यान गरेर तीन हजार ८४४ सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनुभयो । यस्तै एक हजार ६०० बढी ट्याक्टरसमेत कारबाहीमा परेका छन् ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया