USA को Houston,Texas मा नेपाली नयाँ बर्ष २०७२ भव्य रूपमा सम्पन्न
सिर्जनशील नेपाली समाज(CNS) द्वारा USA को Texas अन्तर्गत Houston शहरमा यहि अप्रिल ११ शनिवारका दिन नेपाली नयाँ बर्ष धूमधामका साथ मनाइएको समाचार प्राप्त भएको छ।३०० जना भन्दा बढ़ीको उपस्थिति रहेको कार्यक्रममा बरिष्ठ लेखक तथा साहित्यकार डा. तारानाथ शर्मा, अनेसास Houston Chapter का अध्यक्ष गंगा लिगल एवम् महासचिव बासु पौडेल,स्थानीय समाजसेवी महानुभावहरू बच्चा तिवारी, बिजय झा,उदय क्षेत्री लगायतको समुपस्थिति रहेको थियो।
कार्यक्रम संचालन संस्थाका संस्थापक सचिव केशब भुसालले गर्नुभएको उक्त CNS New Year साँझ कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष उमापति भुसालद्वारा भएको थियो। संस्थाले विधिवत् एक बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको शुभ उपल़क्ष्यमा नयाँ बर्ष सहित संस्थाको बार्षिकोत्सवको संयुक्त रूपमा मैनवत्ती प्रज्वलित गरी कार्यक्रम अध्यक्ष एवम् संस्थाका अध्यक्ष उमापति भुसालले समुद्घाटन गर्नु भएको सो कार्यक्रमको स्वागत संस्थापक उपाध्यक्ष बिष्णु त्रिपाठीले गर्नु भएको थियो
साथै Sports co-ordinator पुरूषोत्तम भुर्तेल,CECA co-ordinator देवनारायण भुसाल, Women co-ordinator सुशीला आचार्य ,CNS Emergency Fund Co -ordinator गंगा डि शर्मा र अतिथिद्वय डा.तारानाथ शर्मा तथा गंगा लिगलले शुभकामना मन्तव्य राख्नु भएको थियो।
शुभकामना मन्तव्य सहित संस्थाको औचित्य , आवश्यकता तथा हालसम्मका गतिविधिबारे अध्यक्ष उमापति भुसालले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो भने सह-सचिव गीता आचार्य, सदस्य अनु पाण्डे र भूमीराज साकोटाले कार्यक्रम संचालनमा सहयोग पुर्याउनु भएको थियो । संस्थाका आफ्नै कलाकारहरूद्वारा प्रस्तुत विविध सांस्कृतिक कार्यक्रमले नेपालमै बसेको अनुभूति गराएको भनाई सहभागीहरूको थियो जहाँ कलाकारको नाँचसंगै अतिथि लगायतका सहभागी नाचेका थिए।डिनर सहितको उक्त कार्यक्रम शनिवार साँझ शुरू भई मध्यरातसम्म चलेको थियो।कार्यक्रमका बीच डा. शर्मालाई दोसल्ला ओढाएर अभिनन्दन समेत गरिएको जनाएको छ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया