युलेस नेपाली परिवारको आयोजनामा पन्चे बाजाको साथमा भब्य नया बर्ष शुभ कामना आदान प्रदान

इनेप्लिज २०७२ वैशाख ८ गते ८:३९ मा प्रकाशित
11136101_666186226843095_7966810303600004832_o (1)युलेस नेपाली परिवारको आयोजनामा हिजो मार्च १९ मा भब्य नया बर्ष शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो।  सम्भवत अमेरिका मै सबै भन्दा बढी नेपालीको को घर भएको शहर हुन सक्छ युलेस।  यहि शहर बासीले यस बर्ष को नेपाली नया बर्ष धुमधाम संग मनाए टेक्सास राज्यको आफ्नै शहर अबस्थित पार्कमा। युलेश बासी  अगुवाहरु टीकाराम पौडेल, बिकाश राज न्यौपाने, हरी थापा, राम सी पोख्रेल, शिव अधिकारी, बासु श्रेष्ठ, भानु खरेल तथा लिला श्रेष्ठ, संगै रहेका झन्डै ५० घर नेपाली दाजुभाई को आयोजनामा उक्त “नया बर्ष २०७२ पिकनिक” नाम सहितको भब्य कार्यक्रम गरिएको हो। news1
अमेरिकाको आशन्न NRN को क्षेत्रीय तथा केन्द्रीय चुनाबको माझमा परेर पनि होला समाजका सबै तह तप्काका मानिसहरुको उपस्थिति देखिएको थियो उक्त पिकनिक कार्यक्रम मा। समुह -समुह मा भेला भइ चुनाब  कै कुरा भइरहेको पायो हिमालय खबर सम्बाददाताले। कार्यक्रममा शुभकामना मन्तब्यको छोटो कार्यक्रम पनि राखिएको थियो। tika
 युलेस र त्यस वरपरका शहरहरु बाट आमन्त्रित सहित गरि झन्डै ५५० भन्दा बढी मानिसहरु पिकनिकमा सहभागी भएका थिए। हरी थापाको नेतृत्वमा नेपाली पहिरनका बिभिन्न जात-जातिका भेष भुषा सहित बजेको पन्चे बाजा ले कार्यक्रमको रौनकता थपेको थियो।
कार्यक्रम मा नेपाली गायक भीम थापा, मोहराज पौडेल को लोक गीत का साथै धेरै नेपाली चेलीहरुको नृत्य ले सबैलाई दिउसो २ बजे देखि साँझ ७ बजे सम्म मनोरंजन प्रदान गरेको थियो। कार्यक्रममा संयोजनकर्ता टीका पौडेल आगामी बर्ष देखि हरेक बर्ष बैशाख १ गते पछि पर्ने पहिलो आइतबार युलेस नेपाली परिवार ले नया बर्ष पिकनिक को आयोजना गर्ने घोषणा समेत गर्नु भयो।

प्रतिक्रिया