बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:४५
वासिङटन डिसी 14:00

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ वैशाख ८ गते ७:२१ मा प्रकाशित

accident-signधुलिखेल, ८ वैशाख । धुलिखेल बाँसघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गएराति करिब १ बजे बा३५प ४४३२ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया