हुलाकी सडक सुधारसँगै खुसियाली
भीमदत्तनगर, ८ वैशाख । कञ्चनपुरको दक्षिणी क्षेत्रलाई कैलाली जिल्ला सदरमुकाम धनगढीसँग जोड्ने हुलाकी सडक कालोपत्रेका लागि पूर्वाधार निर्माण कार्य सुरु भएसँगै दक्षिणी क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।
चालु आर्थिक वर्षभित्रै कालोपत्रे निमार्णका लागि ठेक्कासमेत भई प्रारम्भिक अध्ययन कार्य सम्पन्न भएपछि दक्षिणी क्षेत्रका स्थानीय हर्षित भएका हुन् । यहाँको बेलौरी नगरपालिकादेखि कैलालीको धनगढी जोड्ने करिब ३० किलोमिटर हुलाकी सडकमा ग्राभेल, स्लेभ कल्भर्ट र ह्युम पाइप निमार्णका लागि राष्ट्रिय योजना आयोगले तीन करोड ६२ लाख रुपैयाँ निकासा गरिसकेको छ ।
धनगढीसँग जोडिएको कञ्चनपुरको डोके बजारदेखि पुनर्वास, बेलौरी हँुदै रौतेली बिचवा गाविस जोड्ने हुलाकी सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्न विनियोजन भएको पाँच करोडबाट तीन करोड ६२ लाख रुपैयाँ निकासा भइसकेको कञ्चनपुरका सभास्द दिवानसिंह बिष्टले बताउनुभयो ।
हुलाकी सडक निर्माणपछि दक्षिणी क्षेत्रमा औद्योगिक, कृषि, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रको विकासमा टेवा पुग्ने छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया