प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान
इलाम, ८ वैशाख । वर्षाैंदेखि भाडाको घरमा बस्दै आएको नयाँबजार प्रहरी चौकीलाई स्थानीय समाजसेवीले निःशुल्क जग्गा दान दिएका छन् ।
नयाँबजारका छत्रबहादुर निरौलाले प्रहरी चौकीको कार्यालय भवनका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएर पुनः स्थापित भएको प्रहरी चौकीलाई कार्यालय सञ्चालन गर्न र सुरक्षा प्रदान गर्न समस्या भएपछि निरौलाले उक्त जग्गा प्रदान गर्नुभएको प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । प्राप्त जग्गामा भवन निर्माण गरिने उहाँले बताउनुभयो ।
यसैबीच पशुपतिनगर–४ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरको सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । शान्ति तथा पुनः निर्माण मन्त्रालयको रु एक करोड ३७ लाख ३२ हजारको लागतमा भवन बन्न लागेको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भवनको सोमबार शिलान्यास गर्नुभयो । मेस, महिला ब्यारेक, हिरासत, कार्यालय प्रमुख कक्षसहितको तीन तलाको नयाँ भवनका निर्माण गरिने छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया