नेपाली राजनीति र नेपालकै भविष्य तीन ठूला पार्टीको प्रमुख नेताहरुको बिबेकमा मात्र !

इनेप्लिज २०७२ वैशाख ८ गते २:५८ मा प्रकाशित

2नेपाली समाज टेक्सासको आयोजनामा हिजो अप्रिल १९ तारिख आइतवारका दिन दिउसो ३:०० वजे नेपालका हालका बार अशोसिअसनका केन्द्रीय कोषाध्यक्ष Advocate श्री मोहन इङ्गनाम संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो। संसार भरिका कानून ब्यबसायीहरुको अमेरिकामा भएको सम्मेलनमा सहभागी हुन् आउनु भएको इङ्ग्नाम टेक्सासको ड्यालस निजि भ्रमणका सिलशिलामा आउनु भएको बेला परेर स्थानीय नेपाली समाजले कार्यक्रम को आयोजना गरेको हो। कार्यक्रममा श्री इङ्गनाम हामी अमेरिकामा बसीरहेका नेपालीहरुलाइ नेपालमा बन्न लागेको संविधान तथा अहिलेको परिस्थितिको वारेमा नेपाली राजनीतिको कानुनी समाधान को सम्बन्धमा आफ्नो विचार राख्नु भएको थियो। 2

कार्यक्रममा अर्का अतिथि नेपाल सरकारका पूर्ब मन्त्री कमल चौलागाई संग पनि अन्तरक्रिया गरिएको थियो। पूर्ब मन्त्री चौलागाई ले नेपाली राजनीतिमा बाहिर नआएका केही तथ्यहरुको जानकारी गराउदा सहभागीहरुले निकै चासो पुर्बक जिज्ञासा राखेका थिए। पूर्ब मन्त्री चौलागाई ले यतिखेर को नेपाली राजनीति र नेपालकै भविष्य तीन ठूला पार्टीको प्रमुख नेताहरुको बिबेकमा मात्र रहेको बताउनु भएको थियो। 3

कार्यक्रम को संचालन नेपाली समाजका महासचिब विजयराज भट्टराई ले गर्नु भएको थियो भने कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष डा प्रेम अधिकारी, च्याम्बर ऑफ़ कमर्स डालस का संयोजक बाशु भण्डारी, प्रा प्रभात दिक्षित लगायत ले आ-आफ्नो विचार राख्नु भएको थियो। झन्डै ५० सहभागी बीच सम्पन्न उक्

त कार्यक्रम झन्डै ९० मिनेट चलेको थियो।

4

प्रतिक्रिया