चिनी मिलको जग्गा माओवादीद्वारा कब्जा
इनेप्लिज
२०७२ वैशाख ७ गते ४:१३ मा प्रकाशित
कञ्चनपुर, ७ वैशाख । कञ्चनपुरको सुडा–६ चौखुट्टीमा बन्द अवस्थामा रहेको चिनी मिलको जग्गा नेत्रविक्रम चन्द सम्बद्ध माओवादीले कब्जा गरेको छ । आइतबार पार्टीको झन्डा गाडेर माओवादीले जग्गा कब्जा गरेको घोषणा गरेका छन् ।
महाकाली खाँडसारी चिनी मिलको दुई बिघा १० कट्ठा जग्गा माओवादीले कब्जा गरेको जनाएको छ । स्थानीयवासीबाट सहुलियत दरमा विद्युत् र बाटो पु¥याउने भन्दै खरिद गरिएको जग्गा चिनी मिल सञ्चालक भारतीय मूलका चर्तुभुज मोहपालले महँगोमा बिक्री गरी पुँजी भारततर्फ पलायन गर्न थालेकाले जग्गा कब्जा गरिएको नेत्रविक्रम चन्द (विप्लव) माओवादी सम्बद्ध पार्टीका नेता राजेन्द्र विष्टले बताउनुभयो । उहाँले कब्जा गरिएको जग्गामा भूमिहीन र सुकुम्वासीको बस्ती बसाउने योजना रहेको उल्लेख गर्नु भयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया