मध्यपहाडी खण्डमा बीस किलोमिटर सडक कालोपत्रे सुरु
बलेवा (बागलुङ), ७ वैशाख । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । लोकमार्गको घोडावाधेदेखि हटियासम्मको करिब २० किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिरएको हो ।
लोकमार्ग घोडावाधे–हटियो खण्डको २० किलोमिटर सडक कालोपत्र करिब रु ४५ करोडको लागत स्टिमेट निकालेको मध्यपहाडी लोकमार्गका इन्जिनियर तिलक सुब्बाले बताउनुभयो ।
सुब्बाका अनुसार चालु आर्थिक वर्षमा नै सडक कालोपत्र गरिसक्न उक्त सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । कालोपत्रको जिम्मा लुम्बिनी एपेक्स जेवी प्रालि र हिमदुङ एन्ड थोकर कम्पनीले पाएका छन् । हिमदुङ एन्ड थोकर कम्पनीले निर्माण कार्यमा केही ढिला गरेका कारण उसलाई सचेत गराइएको सुब्बाले बताउनुभयो ।
“चालु आर्थिक वर्षमा नै लोकमार्गको बागलुङ खण्डमा २० किलोमिटर पिच गर्ने योजना छ”–सुब्बाले भन्नुभयोे–“पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्र गर्न सुरु भएको छ ।”
काममा ढिलाइ भएको भनिएको १० किलोमिटर सडकमा पूर्वाधार भने तयार गरिएको छ । चिप्स गिट्टी बिच्छ्याएर पेल्न बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । लोकमार्गको हटियादेखि बुर्तिवाङसम्म ४३ किलोमिटरमा कालोपत्र गर्न पूर्वाधार विकासको काम भइरहेको छ । उक्त सडक खण्डमा पनि करिब रु ७६ करोडको लागतमा ठेक्का दिएर काम सुरु भएको मध्यपहाडी लोकमार्गका डिभिजन इन्जिनियर रोहितकुमार विसुरालले बताउनुभयो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया