सप्तरी, ७ वैशाख । सप्तरीको कुशहा गाविसमा झिँगा मार्ने औषधि खाँदा एक बालिका सिकिस्त बिरामी परेकी छिन् ।
जिल्लाको कुशहा गाविस–५ निवासी रितेश चौधरीकी २ वर्षीया छोरी रितिकाले घरमा कोही नभएको बेला घरभित्र राखिएको झिँगा मार्ने विषादी खाँदा सिक्सित बिरामी परेको पारिवारिक स्रोतले जनाएको छ ।
बालिकाको उपचार धरानस्थित बिपी कोाइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया