रेविजका कारण एकको मृत्यु
इनेप्लिज
२०७२ वैशाख ६ गते १५:३१ मा प्रकाशित
जाजरकोट, ६ वैशाख । रेविजका कारण जाजरकोटमा गए राति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशेरा गाविस–५ का ३१ वर्षीय शेरकुमार रावत रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
उनलाई बहुलाएको कुुकुरले गत पुसमा टोकेको थियो ।
प्रतिक्रिया