ओखलढुङ्गामा आगलागीबाट करिब सात लाखको क्षति

इनेप्लिज २०७२ वैशाख ६ गते १५:१४ मा प्रकाशित

aaglaagiविराटनगर, ६ वैशाख । ओखलढुङ्गामा आज बिहान आगलागी हुँदा एक परिवारको करिब रु सात लाख बराबरको क्षति भएको छ ।

फेदी–१ स्थित बेदबहादुर कार्कीको तीनतले घरमा आगलागी हुँदा सो घरसहित कुखुरा फार्मका ४०४ वटा बोइलर कुखुरा, घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही घरमा रहेका फार्मका कुखुरालाई चिसोबाट जोगाउनका लागि बालिएको भुस सल्किएर घरमा आगलागी भएको हो । दुई घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया