करेन्ट लागेर रिक्सा चालकको मृत्यु

इनेप्लिज २०७२ वैशाख ६ गते १५:०६ मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, ६ वैशाख । महोत्तरीको गौशालामा करेन्ट लागेर एक रिक्सा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–१० बस्ने ३६ वर्षीय प्रदीप चौधरी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

गौशाला बजारबाट जिल्लाको औरहीसम्म ब्याट्रीबाट चल्ने रिक्सा सञ्चालन गर्दै आएका चालक चौधरीले रिक्साको ब्याट्री सकेर सोही ब्याट्री चार्ज गर्ने क्रममा निजको घरमै उनको मृत्यु भएको प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताउनुभयो ।

रिक्साको ब्याट्री चार्ज भइसकेपछि विद्युत बोर्डबाट चार्जर झिक्न गएका चालक चौधरीको सोही चार्जरको तारमा विद्युत चुहावट भएर करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

करेन्ट लागेर मृत्यु भएको चालक चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया