जहाँ छरिए पनि ,जसरी रहे पनि हामी नेपाली नै हौ र हाम्रो रगत रातो नै छ : चर्चित गायक प्रमोद खरेल

इनेप्लिज २०७२ वैशाख ५ गते १५:४५ मा प्रकाशित

pramod 1

२०७२ नया बर्ष धमाका भाग -१ लिएर अमेरिका आई पुगेका नेपालका प्रख्यात हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले अप्रिल ४ देखि अमेरिकाका विभिन्न शहरहरुमा अपार सफलतापूर्वक प्रस्तुति देखाई रहेका छन l

पाँचै जना कलाकारहरुले जुन महिनाको दोश्रो हप्ता संग अमेरिका भर कार्यक्रम देखाउने तय भै सकेको छ l

पाँच जना कलाकारहरुको टोलि तथा २०७२ नया बर्ष धमाका भाग -१ को उद्देश्य केवल हास्यव्यंग्य तथा नांचगानमा मात्र सिमित नरही नेपाली भाषी नेपाली समुदायलाई प्रस्तुति मार्फत नेपाली भाषा ,कला ,संस्कृतिको चेतना तथा संदेश दिनु रहेको वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले जानकारी दिए l

Collages3

रेग्मीले अगाडी भने कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो l

२०७२ नया बर्ष धमाका भाग १ कार्यक्रममा अमेरिकामा रहेका भुटानी समुदायको बृहत सहभागिता रहेको ,धेरै राज्यहरुमा भुटानी समुदायहरु आयोजक भएको र केहि राज्यहरुमा स्थानीय समुदाय संग मिलेर भुटानी समुदायको सक्रियता रहेको बुझिएको छ l

भुटानी समुदायले नेपाली कलाकारहरुलाई देखाएको सद्भाव प्रति नया बर्ष धमाका टोलि ज्यादै आभारी रहेको बताएका छन् l र अमेरिकामा भुटानी समुदायको जन घनत्व बाक्लो भएकोले धुर्मुस तथा सुन्तलीको जोडीको टोलिले भुटानी समुदायलाई बिशेष ध्यान दिने बुझिएको छ l केवल भुटानी समुदायको लागि भुटानी समुदायमा घटेका आत्महत्या तथा डिप्रेसन (उदासीपन )जस्ता बिषयको सेरोफेरोमा संदेश दिने चेतना मुलक प्रस्तुति गरिने बुझिएको छ l

२०७२ नया बर्ष धमाका भाग १ का प्रख्यात गायक प्रमोद खरेल तथा चर्चित हास्य कलाकार सिताराम कट्टेल “धुर्मुस “भुटानी समुदाय प्रति यस्तो विचार राख्दछन :

dhurmus 9

चर्चित हास्य कलाकार सिताराम कट्टेल “धुर्मुस “भन्छन भुटानी समुदायले बिशेस गरि मेरी बास्सै कार्यक्रमका धुर्मुस र सुन्तलीलाई अति मन पराई दिनु भएकोमा धन्यबाद दिन चाहन्छौ l र ,नया बर्षको मंगलमय शुभकामना जोडीको तर्फबाट यसै मार्फत दिन चाहन्छौ भन्दै अमेरिकामा भुटानी समुदायको सक्रियता प्रति हामी उत्साहित छौ ,धुर्मुसले भने l

अमेरिकामा भुटानी समुदायको लागि कार्यक्रम लिएर आएका छौ l भुटानी समुदाय संग हामी हातेमालो गर्ने छौ l नेपाली भाषा ,कला तथा संस्कृतिको जगेर्ना गर्न भुटानी समुदाय निकै अगाडी छ भन्दै धुर्मुसले प्रसंसा गरे l

आधुनिक तथा गजल गीतका प्रख्यात गायक प्रमोद खरेल यसो भन्छन भुटानी समुदाय प्रति :

भुटानी समुदाय नेपाली कलाकारहरुलाई निकै माया गर्नु हुन्छ l मैले गाएको गीतलाई पनि धेरै माया गरि दिनु भयकोले म धन्यवाद दिन चाहन्छु l

आफुले झन्डै ४०- ५० वटा जति त भुटानी समुदायले लेखेको गीत मात्र गाई सकेको बताए भने भुटानी समुदायको एउटा नया गीति संग्रह निकाल्ने तयारमा छु l

वहाहरु लेख्नु हुन्छ म गाउछु भन्दै वहाहरु संग काम गर्न पाउदा हर्ष लागेको गायक खरेलले बताए l गायक खरेलले आफ्नो घर पुर्व भएकोले भुटानी शरणार्थी शिबिर केन्द्रमा भुटानी साथी संग सुतेको पनि कथा सुनाए l

यसै गरि गायक खरेलले हामीहरु एकै हौ र नेपाली हौ भन्ने संदेश दिन चाहेको बताए l उनले भुटानी समुदायलाई संदेश दिदै भने हाम्रो रगत रातो छ ,हामी जहाँ छरिए पनि ,जसरि रहे पनि हामी नेपाली नै हौ l

astin-61-800x529

२०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले आगामी अप्रिल १९ देखि मे ३१ सम्म अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा हुने कार्यक्रम तालिका बारे जानकारी दिए l

जस अनुसार अप्रिल १९ मा सिकागो ,अप्रिल २४ सेन्ट लुइस ,अप्रिल २५ मा सिराक्युज ,न्युयोर्क ,अप्रिल २६ बाल्टिमोर ,मे २ पिट्सबर्ग , मे ३ मा कोलोराडो ,मे ७ र ८ मा नर्थ क्यारोलिना ,मे ९ जर्जिया ,मे १० टेनेसी ,न्यास्भिल ,मे १६ नेब्रास्का ,मे १७ साउथ डेकोटा ,मे २२ वाशिंगटन सियाटल ,मे २३ सेन्ट्रल अफ बे एरिया (हेवार्ड) ,मे २४ लस एन्जेलस , मे ३० एरिजोना (फिनिक्स) तथा मे ३१ ,साल्टलेक सिटि (उथाह ) मा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमहरु गरिने पक्का भै सकेको बताए l

तस्बिर सौजन्य :बिमल नेपाल ,बोस्टन तथा पिया रबिन अस्टिन

 

budhi ji

प्रतिक्रिया