नेपाली चलचित्रका एक अमर तारा स्व.श्रीकृष्ण श्रेष्ठद्धारा अन्तिम पटक अभिनित चलचित्र कोहिनूर अमेरिकाको भर्जिनिया स्थित ल्होमन्स प्लाजाको सीनेमा हलमा प्रदर्शन गरिन लागिएको कुरा डीसी मेट्रोे क्षेत्र भित्र रहने सम्पूर्ण नेपालीहरुमा सूचित गराउन चाहन्छौँ ।
चलचित्र प्रदर्शनको अवधिभर यस चलचित्रकी नायिका तथा स्व. श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी स्वेता खड्काको समेत उपस्थिति रहने छ ।
उक्त चलचित्रका जीवन्त नायक स्व. श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त नेपाली चलचित्रका ‘अमर तारा’ उपाधी समेत प्रदान गरिने कार्यक्रम रहेको छ ।
नेपाली चलचित्रको इतिहाँसमा सबैभन्दा बढी दर्शकहरुले हेरेको, देश देखि विदेशसम्म अत्यन्तै लोकप्रिय भएको र स्व. श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम चलचित्र भएको तथा अमेरिकाको डीसी मेट्रो क्षेत्रमा बसोबास गर्नुहुने नेपालीहरुबाट समेत यो चलचित्र प्रदर्शनीको विशेष माग भए अनुसार अमेरिका नेपाल टेलिभिजनको संयोजनमा प्रदर्शन गर्न लागिएको जानकारी गराउन चाहन्छौँ ।
चलचित्र प्रदर्शनबाट जम्मा हुन आएको केहि रकम मेरिलैण्डमा रहेको पशुपति–बुद्ध मन्दिरको सहयोगार्थ प्रदान गरिने समेत जानकारी गराउँदछौँ ।
चलचित्र नायक स्व. श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप चलचित्र हेर्न आउनुहुन पुनः अनुरोध गर्दछौँ ।
मितिः
आइतवार, अप्रिल २६, २०१५
समयः
दिउँस १२M३० बजे
स्थानः
Loehmann’sCinemas
7291 Arlington Blvd, Falls Church, VA 22042
टिकट दरः
१५ र २५ डलर
दर्शकहरुको उपस्थिति अत्यधिक हुने सम्भावना भएकोले हरेक सीटको लागि टिकट अनिवार्य गर्नु पर्ने हाम्रो वाध्यतालाई यहाँहरुले बुझिदिनु हुनेछ भन्ने आशा गर्दछौँ ।
धन्यवाद ।
टिकटको लागि सम्पर्क
आयोजक
अमेरिकन नेपाल टेलिभिजन
प्रतिक्रिया