धुर्मुस, सुन्तलीको कार्यक्रम न्युयोर्क र सिकागोमा भब्य हुने

इनेप्लिज २०७२ वैशाख ५ गते ११:३५ मा प्रकाशित

b 3

वाशिंगटन डिसी – मेरी बास्सैका कलाकारहरू धुर्मुस, सुन्तलीको कार्यक्रम यो हप्ता न्युयोर्कमा र सिकागोमा भब्य हुने भएको छ ।अमेरिकामा सबैभन्दा धेरै नेपाली न्युयोर्कमा भएकाले, सबैभन्दा धेरै दर्शक सुक्रबार साँझ न्युयोर्कमा हुने अनुमान गरिएको छ ।न्युयोर्कपछि सिकागोमा हुने कार्यक्रममा चाहीं भुटानी नेपाली बारे नयां हाँस्यव्यङ्ग्य पनि समाबेश गरिएको छ ।भुटानी नेपाली समुदायमा आत्महत्या जस्ता घटनाहरू पनि हुने गरेकाले, भुटानी नेपालीका राम्रा नराम्रा सबै कुराका सन्देशमुलक हांस्यव्यङ्ग्य पनी समाबेश गरिएको कुरा कार्यक्रमका मुख्य संयोजक बुध्दी प्रसाद रेग्मीले डिसीनेपाल डटकमलाई बताए ।
प्रमोद खरेलको नयां खालको आधुनिनक गीत तथा पशुपती शर्मा र संगिता थापामगरको दोहोरी गीतले पनि सिकागोका नेपालीहरूलाई मध्यरातसम्म दर्शकहरुलाईमनोरञ्जन प्रदान गर्ने भनेर दोहोरी गायिका संगिताले हिजो राती २.०० बजे ईनेप्लीजलाई फोनमा बताईन् ।

प्रतिक्रिया