दुर्घटनामा नौ घाइते
इनेप्लिज
२०७२ वैशाख ५ गते ६:४८ मा प्रकाशित
गजुरी (धादिङ) ५ वैशाख । धरानबाट काठमाडौँ आउँदै गरेको बस एउटा टिपरसंँग आज बिहान धादिङको थाक्रे – ५ जुंँगेखोलामा ठक्कर खाँदा नौ यात्रु घाइते भएका छन् ।
जुंँगेखोलामा काठमाडाँैबाट बैरेनीतर्फ जाँदै गरेको बा २ ख ७५७० नं को टिपरले ना ५ ख ४३७१ नं को बससँग ठक्कर दिँदा भएको दुर्घटनामा नौ घाइते भएको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो । घाइतेमध्ये पाँच जनालाई कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल र चार जनालाई शिवज्योति अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यसै गरी नौबिसे–२ स्थित राजमार्गमा ट्रक र टिपर ठोकिएर भएको दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् । घटनापछि राजमार्ग दुई घन्टा बन्द भएपछि ठोक्किएका सवारी साधन हटाएर राजमार्गमा यातायात सञ्चालन गरिएको प्रहरीले बताएको छ ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया