फरार प्रतिवादी पक्राउ
सुरुङ्गा (झापा), ४ वैशाख । डाँका मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक रहेको प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिनुभयो ।
विसं २०६६ मा सर्वोच्च अदालतले नौ वर्ष जेल सजाय र रु १० हजार ३५० जरिवाना तोके पनि उनी फरार रहेका थिए । २०६१ सालमा सुरुङ्गा बजारमा डकैती काण्डमा उनी संलग्न रहेको बताइएको छ ।
यसैगरी, दश वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति आज झापाको विर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–६ स्थित ४५ वर्षीया नवीन चुडाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चुडालले दमक नगरपालिका निवासी एक बालिकालाई सानी आमाको घर आएका बेला बिहीबार साँझ जर्बजस्ती करणी गरेको बताइएको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया