बालिका बलात्कारको अभियोगमा पक्राउ

इनेप्लिज २०७२ वैशाख ४ गते १२:४३ मा प्रकाशित
rape4झापा, ४ वैशाख । बालिका बलात्कारको अभियोगमा झापाको विर्तामोड–७ का नविन चुडाललाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको छ । चुडालले इलामको इभाङ–९ मा घर भई विर्तामोडस्थित काकीको कोठामा पाहुना आएकी नौ बर्षीया बालिकालाई बलत्कार गरेको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।घटना अनुसार घरको नजिकै च्याउ फाराममा च्याउ हेर्न गएकी बालिकालाई चुडालले हिजो ५ बजे बलात्कार गरेका थिए । घटनालगत्तै बालिका चिच्याउँदै कोठामा पुगेपछि उनको काकीले सोधपुछ गर्दा बलात्कार गरेको सार्वजनिक भएको थियो ।

घटना बुझेपछि बालिकासहित इलाका प्रहरी कार्यालय विर्तामोड पुगेकी उनकी काकीले उजुरी गरेपछि प्रहरीले चुडाललाई नियन्त्रणमा लिएको जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको थियो ।

स्वास्थ्य परीक्षण भएपनि रिपोर्ट आइ नसकेकोले बलात्कार हो वा होईन भन्न नसकिने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतले बताए । ४ वजे उनलाई कोठामै छोडेर किनमेल गर्न विर्ताबजार गएको बेलामा ती बालिका बलात्कारको सिकार बनेकी थिईन् ।

प्रतिक्रिया