रिक्सा चालकलाई परिचयपत्र वितरण सुरु

इनेप्लिज २०७२ वैशाख ४ गते ४:४६ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), ४ वैशाख । धुँवा र ध्वनिरहित विद्युतीय सिटी रिक्सा चालकलाई परिचयपत्र वितरण गरिएको छ ।

धँुवा र ध्वनिरहित तीन पाङ्ग्रे सवारी साधन सिटी रिक्सा सञ्चालन व्यवस्थित गर्न चालकलाई परिचयपत्र वितरण गरिएको हो ।

चालकको छाता सङ्गठन नेपाल सिटी रिक्सा सफारी चालक युनियनले चालकलाई परिचयपत्र वितरण सुरु गरेको हो ।

पछिल्लो समय सरकारले सिटी सफारीलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने बताएपनि नगरपालिकामा दर्ता भएका अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा गएका छैनन् ।

नेपाल रिक्सा सिटी सफारी चालक मोरङ अध्यक्ष गोपाल भुजेलले युनियनले जारी गरेको परिचयपत्र चालक र ट्राफिक प्रहरीसँग रहने भएकाले त्यसलाई व्यवस्थित गर्ने काममा युनियन लागेको बताउनुभयो ।

विराटनगरमा सञ्चालित सिटी सफारी अधिकांश बिमा नगरी सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया