कस्तो भयो त अमेरिकामा मेरी बास्सैको सुटिंग ? ( भिडियो सहित )

इनेप्लिज २०७२ वैशाख ३ गते १८:५७ मा प्रकाशित

_BRN2574

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला मेरी बास्सैका कलाकार / निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) एतिबेला आफ्ना प्रस्तुतिहरु लिएर अमेरिकाका बिभिनन्न सहरहरूमा बसोबास गर्ने नेपालीहरू समक्ष्य प्रस्तुत हुदै छन् I उनीहरूका प्रस्तुतिहरु सँगसँगै आफ्नो सरसफाई अभियानलाई पनि सफल पर्न सहयोग र समर्थन को अपेक्षा गरेका छन् I भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका विभिन्न शहरहरु गरी ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उदेश्यका लागि भनी नेपाली समुदायले स्वतःस्फुर्त रूपमा व्यापक आर्थिक सहयोग गर्दै अहिले सम्म करिब १३ लाख प्राप्त भएको हिमालय खबर लाई बताए ।_BRN2635

धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सरसफाइ अभियानलाई व्यापक सचेतना गरी रहेका छन् भने देश सरसफाइ अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेका छन् ।उनीहरू को भनाइ अनुसार राजधानीको रिंग रोड लगाएत पूर्व पश्चिम राजमार्गहरुमा चर्पी नबनाए सम्म खुल्ला दिशा पिसाप मुक्त क्षेत्र घोषणा गर्न असम्भव छ तेसैले ती ठाउँहरूमा चर्पी बनाउनकै लागि पनि ठुलो धन राशिको आवश्यकता हुन्छ I _BRN2711

देश बनाउने जिम्मा हामी सबैको हो I हामी अमेरिका पछि अस्ट्रेलिया पनि जाने योजना रहेको धुर्मुसले बताए भने अन्य देशमा पनि यो अभियानलाई सशक्त रूपमा हामी अगाडी बढाउने छौ I देश सरसफाई अभियानको मूल नारा “सबै जना सबै दल, सरसफाइमा लगाऊ बल” भन्ने रहेको धुर्मुसले बताए । राजनैतिक परिवर्तनको लागि पटक पटक सडकमा आउनु भयो, अब देश परिवर्तनका लागि एक पटक जुट्न सम्पूर्ण नेपालीहरूलाई हामी जोडी धुर्मुस र सुन्तली आब्हान गर्दछौ । धुर्मुस अगाडी भन्छन् हामी जुनको दोस्रो हप्ता सम्म अमेरिकामा हुनेछौ नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौ I हामी सबै नेपाली समुदायसँग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा
चलाउने छौ I_BRN2732

नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ ,सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउदछन I अमेरिकामा आर्थिक सहयोग गर्ने बुद्धिजीवी ,ब्यबसायी ,उद्योगपति ,विद्यार्थी तथा विभिन्न पेसामा संलग्न हुने सबै वर्गलाई नेपाल सरकारको सरसफाई अभियानको दुतको हैसियतले धन्यवाद दिन चाहन्छौ I त्यो अभियानको बारेमा यहाँ मात्र नभई विश्वभर रहनु हुने सबै नेपाली समुदायमा पुगोस भन्ने हाम्रो चाहना रहेको छ I

यसै सिलसिलामा टेक्सासको अस्टिन सहरमा मेरी बस्सैको नियमित छायांकन सुरु गरिएको छ I अमेरिकामा भएका विभिन्न विषयहरूमा हास्येब्यङ्ग मार्फत मनोरंजन दिन खोजिएको धुर्मुस र सुन्तलीले जानकारी गराए I यसै सिलसिलामा मेरी बस्सैको ८०औ भागबाट राइफल पड्काएर थेगो सहित आफ्नो अभिनय यात्रा सुरु गरेका कलाकार शंकर राज वाग्ले (एस.राज) पनि करिब ७ वर्ष पछि फेरी मेरी बास्सै बाट आफ्नो अभिनय सुरु गरेका छन् I अमेरिकामा मेरी बास्सैको छायांकन हिमालय खबर डककमका प्रधान सम्पादक विकास राज न्यौपानेको रहेको छ I हेर्नुहोस् यसै सुटिंग सिलसिलामा कलाकारहरू सँग गरिएको कुराकानीको भिडियो

प्रतिक्रिया