काठमाडौँ, ३ वैशाख । तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् ।
किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो ।
सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले अभियुक्त महर्जनविरुद्ध जबरजस्ती करणीको कसुरमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
गत चैत २१ गतेदेखि उनीहरुबीच शारीरिक सम्बन्ध कायम रहेको किशोरीका बाबुले थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।
प्रतिक्रिया