प्लाष्टिक झोला प्रतिबन्धको निर्णय पुनर्विचार गर्न आग्रह

इनेप्लिज २०७२ वैशाख ३ गते १४:१७ मा प्रकाशित

plastic-bagsकाठमाडौं, ३ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धप्रति पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

वातावरणको संरक्षणप्रति प्लाष्टिक उद्यमी र निजी क्षेत्र पूर्ण सचेत रहेको उल्लेख गर्दै महासङ्घले पोलिथिन झोलाको प्रयोग समस्या नभई त्यसको व्यवस्थापन मुख्य चुनौती रहेको महासङ्घले बताएको छ ।

महासङ्ले आज एक विज्ञप्ति जारी गरी राज्यबाट अनुमति लिई सञ्चालनमा रहेका उद्योगले उत्पादन गरेका पोलिथिनका झोलाको वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विक्री वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइएबाट हजारौँलाई रोजीरोटी दिएका र अर्बौको लगानी रहेका प्लाष्टिक उद्योगहरुलाई नै धराशायी बनाउन सक्ने भएकाले निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
“सरकारको यो निर्णयबाट करोडौं राजस्व गुम्नुका साथै ती उद्योगमा लगानी गर्ने बैंकहरुको लगानीमा समेत गम्भीर असर पर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रमै धक्का लाग्न सक्ने” महासङ्घको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया