ढुङ्गासँगै लड्दा दुई जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३ गते १२:१८ मा प्रकाशित

दैलेख, ३ वैशाख । ढुङ्गा खानीमा ढुङ्गा निकालिरहेका यहाँका दुई जना कामदारको आज ढुङ्गासँगै लड्दा ज्यान गएको छ ।

खानीबाट ढुङ्गासँगै चिप्लिएर लड्दा अन्दाजी तीन मिटर तल च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पगनाथ–६ का ३८ वर्षीय प्रेमबहादुर थापा र सोही गाविसका वडा नं ४ का ६० वर्षीय वीरसिंह हुन् ।

पगनाथ गाविसको राँधी जङ्गलमा ढुङ्गा निकालिरहेका उनीहरुको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलतर्फ बेस्तडा प्रहरी चौकीबाट एक टोली गएको छ ।

प्रतिक्रिया