चिकित्सकसहित पाँच दरबन्दी रिक्त हुँदा दुई जिल्लाका २५ गाविसका सेवाग्राही मर्कामा
पाँचथर, ३ वैशाख । जिल्लाको दक्षिणी गाविस रविमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहित १३ जनाको दरबन्दी भए पनि अहिले पूर्ण कर्मचारी नहुँदा त्यस क्षेत्रका सेवाग्राही मर्कोमा परेका छन् ।
पाँचथर र इलामको सीमावर्ती गाविस रविमा विगत लामो समयदेखि अहिलेसम्म कर्मचारी नहुँदा अहिले स्वास्थ्य केन्द्र अहेव, अनमी र कार्यालय सहयोगीको भरमा चल्दै आएको छ ।
एउटा चिकित्सकसहितको दरबन्दी रहेको सो स्वास्थ्य केन्द्रमा नियुक्ति लिएर आएका चिकित्सक गजेन्द्र दास अहिलेसम्म कार्यालयमा उपस्थित नभएको स्वास्थ्य केन्द्रका वरिष्ठ अहेव भूपेन्द्रप्रसाद मण्डलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस स्वास्थ्य केन्द्रमा चिकित्सकसहित १३ जनाको दरबन्दी भए पनि अहिले दुई जना अहेव, तीन जना अनमी र तीन जना कार्यालय सहयोगीको भरमा स्वास्थ्य केन्द्र चल्दै छ ।” उहाँका अनुसार यस स्वास्थ्य केन्द्रमा पाँचथर जिल्लाका १७ र इलामका आठ वटा गाविसका सेवाग्राहीले सेवा लिँदै आएका छन् ।
चिकित्सक दास अहिले अध्ययनका लागि भन्दै वीरअस्पताल काठमाडौँमा काजमा काम गर्दै आएका छन् ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया