विश्व कीर्तिमानी लाक्पाले सगरमाथा आरोहण गर्ने
काठमाडौं । विश्व कीर्तिमान महिला आरोही लाक्पा शेर्पाले एक दशक पछि फेरी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ । ६ पटक सगरमाथा आरोहण गरी सबैभन्दा बढी सगरमाथा आरोहण गने कीर्तिमान राख्नुभएको शेर्पाले यो बर्षको मे महिनमा सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको हो ।
नेपाल पर्वतारोहण संघमा आयोजित एक कार्यक्रममा शेर्पालाई बिदाइ गरियो । सन् १९७३ मा जन्मनुभएको शेर्पाले सन् २००० देखि लगातार सन् २००६ सम्म सगरमाथा आरोहण गर्नुभएको
छ ।
सगरमाथा आरोहण गर्ने पहिलो जीवित महिलाको उपमा पनि पाउनुभएको शेर्पाले सन् २०१५ को मे महिनाको अन्तिममा सगरमाथा आरोहण गर्ने योजना रहेको जनाउनुभयो । नेपालको पर्वतारोहण क्षेत्रको प्रबद्र्धन र नेपालमा बढी भन्दा बढी पर्यटक भित्राउने उदेश्यले सगरमाथा आरोहण गर्न लागेको कीर्तिमानी आरोही शेर्पाले जनाउनुभयो । सन् २०१५ देखि लगातार सगरमाथा चढ्ने घोषणा गर्नुभएको शेर्पाले भन्नुभयो, “म कुनै कीर्तिमानको लागि नभएर नेपालको पर्यटन प्रबद्र्धनको लागि सगरमाथा चढ्दैछु । २० पटकसम्म सगरमाथा आरोहण गर्ने योजना छ । ”
सो अबसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले विश्वका महिला आरोहीको लागि लाक्पा उदाहरण बन्नुभएको बताउनुभयो ।
महिलामा सबैभन्दा धेरै सगरमाथा चढेर कीर्तिमान राख्नुभएको लाक्पाले फेरी सर्वोच्च शिखर चढेर संसारको ध्यानाकर्षण गराउन सफल भएको जनाउनुभयो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया