कर्णाली नदीमा गोही छाडियो
इनेप्लिज
२०७२ वैशाख २ गते ४:३२ मा प्रकाशित
बर्दिया, २ वैशाख । वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज विभागको सहमतिमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कर्णाली नदीमा लोपोन्मुख घडियाल गोही छाडिएको छ ।
पाँच वटा भाले र दश पोथी गरी १५ वटा घडियाल गोही संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने निकुञ्जभित्र पर्ने कर्णाली नदीको लालमटीया र गैँडा मचानमा छाडिएको हो ।
झन्डै १० किलोदेखि १५ किलोसम्म तौल रहेका चार वर्ष उमेरका घडियाल गोही कर्णाली नदीमा छाडिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
यसअघि गत वर्ष फागुनमा पनि चितवनबाट ल्याइएका २० वटा घडियाल गोही संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने बबई नदीमा छाडिएको थियो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया