दाङ (तुलसीपुर), २ वैशाख । दाङमा ५९ प्रतिशत महिलाले मात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा अभmै जिल्लाका ४१ प्रतिशत महिलाले असुरक्षित रुपमा घरमा नै बच्चा जन्माउने गरेका छन् ।
सो कार्यालयका प्रमुख भुवन पौडेलका अनुसार ५९ प्रतिशत महिलामध्ये ५३ प्रतिशतले जिल्लाका विभिन्न स्थानका अस्पताल र गाउँका बर्थिङ सेन्टरमा र छ प्रतिशत महिला जिल्ला बाहिरका अस्पतालमा गएर सुत्केरी हुने गरेका छन् ।
आर्थिक अभाव, चेतनाको कमी, लाज मान्ने प्रवृत्तिलगायतका कारण अझै पनि जिल्लाका ४१ प्रतिशत महिलाले असुरक्षितरुपमा घरमै बच्चा जन्माउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी गर्भवती भएको समयमा चार पटक स्वास्थ्य जाँच गराउने, बच्चा जन्मिसकेपछि छ महिनासम्म दूध मात्रै चुसाउने, आमाले आइरन चक्कीको सेवन गर्नेेको सङ्ख्या पनि सन्तोषजनक नरहेको डा पौडेलले बताउनुभयो ।
यसैबीच मातृशिशु मृत्युदरलाई कम गर्न आमाको स्वास्थ्य र बच्चाको हेरविचारमा विशेष ध्यान दिन जनस्वास्थ्य कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया