सांस्कृतिक सङ्घको भेलाले राईको अध्यक्षतामा जिल्ला कमिटी गठन
इनेप्लिज
२०७२ वैशाख २ गते ४:०० मा प्रकाशित
धनकुटा, १ वैशाख । नेपाल सांस्कृतिक सङ्घ धनकुटाको तेस्रो जिल्ला भेलाले सूर्य वालिङ राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कल्पना ढुङ्गेल, सचिवमा घनश्याम चापागार्इं, सहसचिवमा निरोज गुरुङ र कोषाध्यक्षमा जयन्ती आठपहरिया राई चयन हुनुभएको छ ।
सङ्घको उद्घाटन समारोहमा भेलामा सहभागी वक्ताहरुले लोकतान्त्रिक संविधान निर्माणका लागि सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताएका थिए ।
नेपाली काँग्रेस धनकुटाका सङ्गठन विभाग प्रमुख नवीनकिशोर शाक्यको सभापतित्वमा भएको भेलामा पूर्व सभासद् तथा महिला सङ्घ धनकुटाका अध्यक्ष लीला सुब्बाले समयमै संविधान जारी गर्न दबाब दिनु पर्नेमा जोड दिनुभयो ।
नवगठित सङ्घको आयोजनामा वैशाख ४ र ५ गते धनकुटामा पूर्वाञ्चलस्तरको सांस्कृतिक सभा गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया