सप्तरी, १ वैशाख । सप्तरीको गम्हरिया प्रवाह गाविसमा गएराति आगलागी हुँदा रु पाँच लाखको क्षति भएको छ ।
जिल्लाको गम्हरिया प्रवाह गाविस–९ निवासी रामगुलाव रायको घरबाट एक्कासि सल्केको आगोले निजका दुई छिमेकी मिश्रीलाल रायका तीन घर जलेको बताइएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी, भाँडावर्तनलगायतका सरसामान जलेको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
यस्तै, एक हप्ता अगाडि सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भीषण आगलागीमा परी ७२ परिवारका १६५ घर जलेका थिए भने सो आगलागीबाट रु पाँच करोडको क्षति भएको थियो ।
प्रतिक्रिया