बालविवाह न्यूनीकरणका लागि बाल क्लब सक्रिय
बाबियाचौर (म्याग्दी), १ वैशाख । म्याग्दीको दुर्गम क्षेत्रका विद्यालयमा गठित बाल क्लबले बालविवाह न्यूनीकरणका लागि सक्रियता देखाएका छन् ।
गुर्जा, मुना, मुदी, लुलाङ र मराङ गाविसका सामुदायिक विद्यालयमा गठन भएका बाल क्लबले बालविवाहविरुद्ध सक्रियता देखाएका हुन् । सानै उमेरमा विवाह गर्दा बालबालिकाको शैक्षिक, मानसिक र स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी गराउन अभियान सुरु गरेको चन्द्र ज्योति मावि मुदी खिवाङको बाल क्लबकी अध्यक्ष बिपना बुढाथोकीले बताउनुभयो ।
क्लबका सदस्यले २० वर्षभन्दा कम उमेरमा विवाह नगर्न विद्यार्थी र समुदायका अभिभावकलाई सचेत गराउन थालेका छन् । विद्यालयमा तहमा पढ्ने किशोरकिशोरीले विवाह गरेर अध्ययनलाई निरन्तरता दिन नसक्ने, अपरिपक्व उमेरमा गरेको विवाह छिट्टै सम्बन्ध विच्छेदमा परिणत हुने र सानै उमेरमा बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले बालविवाह नियन्त्रण गर्न जोड दिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
पाँचवटा गाविसका १९ वटा सामुदायिक विद्यालयमा गठन भएका सबै बाल क्लबले बालविवाहलाई प्रमुख शैक्षिक, स्वास्थ्य र सामाजिक समस्याका रुपमा चित्रण गर्दै नियन्त्रणका लागि आवश्यक योजना बनाएका छन् । पढ्ने उमेरमा विवाह गर्ने समस्या जटिल रुपमा देखिएकाले त्यसलाई नियन्त्रण गर्न बालविवाहविरुद्ध जनचेतना फैलाउने योजना बनाएको बुद्धिविकास माविमा गठित बाल क्लबका अध्यक्ष टङ्कप्रसाद घर्तीले बताउनुभयो ।
असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले बाल क्लबका पदाधिकारी तथा सदस्यलाई क्षमता तथा नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्नुका साथै चेतनामूलक क्रियाकलाप गर्न सहयोग गर्दै आएको छ । बालअधिकारको संरक्षणका लागि वकालत गर्न तथा प्रतिभा प्रस्फुटन गर्ने र सिर्जनात्मक क्रियाकलाप गर्न सहयोग गरिएको परियोजनाका संयोजक कृष्ण रावतले बताउनुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया