नयाँ वर्षको आगमनसँगै पर्व सुरु
विराटनगर, १ वैशाख । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा तीन दिनसम्म मनाइने सिरुवा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।
यस पर्वको पहिलो दिन आज सतुवाइन पर्वका रुपमा मनाइरहेका छन् । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यका साथै आफन्तलाई सातु खुवाउने गरिन्छ ।
सोही कारणले यस पर्वलाई सातु पर्व भनिएको छ । तराईका मैथिल समुदाय, थारू, राजवंशी, गनगाईंलगायतका जातिमा यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ । पर्वको दोस्रो दिन भोलि जुड शीतल पर्वका रुपमा मनाइने गरिन्छ । अग्रजले अञ्जुलीमा जल लिई टाउकोमाथि राखेर वर्षभरि मगज ठण्डा रहोस् भन्दै आशीर्वाद दिने गरिन्छ ।
यसका साथै रूख, बिरुवामा जल दिने, टोलका इनारको सफाइका साथै नालाको समेत सफाइ गरेर दोस्रो दिनको पर्व मनाउने गरिन्छ । तेस्रो दिनको पर्वमा खासगरी थारू र राजवंशी समुदायले रङ्ग खेल्ने, मासुका साथै विभिन्न परिकारका खाना खाएर पर्व मनाउने गरिन्छ ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया