पाठ्यपुस्तक बिक्री विरतण सुरु

इनेप्लिज २०७२ वैशाख १ गते ४:४१ मा प्रकाशित

Book-pardasaniपोखरा, १ वैशाख । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखराले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

कार्यालयले यस क्षेत्रका मनाङ र मुस्ताङबाहेकका आठ जिल्लामा हालसम्म रु एक करोड ८० लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरिसकेको क्षेत्रीय प्रमुख जय अर्यालले जानकारी दिनुभयो ।

केन्द्रको केन्द्रीय कार्यालयले यो वर्ष सबै जिल्लामा आफ्ना कर्मचारी खटाई व्यवस्थित रुपमा पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । केन्द्रले मनाङ र मुस्ताङमा यसअघि नै पाठ्यपुस्तक पठाइसकेको र अन्य जिल्ला कास्कीमा रु ३१ लाख, स्याङ्जामा रु ३७ लाख, बागलुङमा रु २३ लाख, लमजुङ र तनहुँमा २२÷२२ लाख, म्याग्दीमा रु १७ लाख, गोरखामा रु नौ लाख र पर्वतमा रु १९ लाख मूल्यबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

केन्द्रले कक्षा ६ देखि १० सम्मका र निजी क्षेत्रले कक्षा १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । यस क्षेत्रका १८ जिल्लामा एक लाख ९९ पाठ्यपुस्तक आवश्यक पर्ने र करिब ९० प्रतिशत पाठ्यपुस्तक यस कार्यालयको गोदाममा सञ्चिती रहेको बताइएको छ ।

केन्द्रले कास्कीमा सय र अन्य जिल्लामा ४८ जना एजेन्ट छनोट गरी उनीहरुमार्फत सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पु¥याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया