गोरखाको काशीगाउँमा फैलिएको पखाला नियन्त्रणमा
गोरखाबजार, १ वैशाख । उत्तरी गोरखाको काशीगाउँमा फैलिएको पखालाको प्रकोप नियन्त्रणमा आएको छ । काशीगाउँ–१ र २ का १० बालबालिकामा एक हप्ताअघि देखिएको पखाला नियन्त्रणमा आइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिनुभयो ।
“साना बालबालिकामा पखालाको प्रकोप देखिएको थियो”–उहाँले भन्नुभयो–“प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटका वरिष्ठ अहेव विजयकुमार श्रेष्ठको टोली औषधि लिएर काशीगाउँ पुगेर फर्किसकेको छ ।”
पखाला लागेर ग्रसित भएका यार्सा गाउँकी किसा घलेको ११ महिने छोरा अभिषेकको गत चैत २६ गते उपचारका क्रममा निधन भएको थियो । सुरुको चरणमा १० बालबालिकामा पखाला देखिएको थियो ।
“परिवारका सदस्यले हेलचेक्र्याइँ गर्दा एक बालकको मृत्यु भयो”–दानीले भन्नुभयो–“अहिले सबै स्वस्थ भइसकेका छन् ।” । पखालाको प्रकोप फैलिएको हल्ला आए पनि त्यस्तो नभएको उहाँले बताउनुभयो । सदरमुकामदेखि २० कोसको दूरीमा काशीगाउँ पर्छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया