नयाँ वर्षको उपलक्ष्यमा राष्ट्र शान्तिका लागि दीप प्रज्वलन
इनेप्लिज
२०७२ वैशाख १ गते ४:३३ मा प्रकाशित
लम्की (कैलाली), १ वैशाख । नयाँ वर्ष २०७२ को पूर्वसन्ध्यामा राष्ट्र शान्तिका लागि कैलालीको लम्कीमा सोमबार साँझ एक हजार आठ दीप प्रज्वलन गरिएको छ ।
विश्व हिन्दुृ एकता परिषद् नेपाल कैलाशधाम तीर्थस्थल बल्चौर र विश्व हिन्दुृ परिषद् नेपाल जिल्ला शाखा कैलालीले नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्र शान्तिका लागि लम्कीचुहा नगरपालिका–२ लम्की चौराहामा दीप प्रज्वलन गरेको हो ।
विसं २०७१ को बिदाइ र नयाँ वर्ष २०७२ सालको स्वागत एवम् राष्ट्र शान्तिका लागि दीप प्रज्वलन गरिएको विश्व हिन्दुृ परिषद् नेपाल कैलालीका अध्यक्ष लक्ष्मीराम रिमालले बताउनुभयो ।
सो अवसरमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागिता थियो । सोही अवसरमा एकआपसमा नव वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया