शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:३९
वासिङटन डिसी 14:54

नेपालमा खटिएकी अमेरिकी युवती ‘सीएनएन हिरो’मा मनोनित

इनेप्लिज २०७१ चैत ३० गते १५:४६ मा प्रकाशित

स्वामी दुर्गादासकाठमाडौं । सुर्खेतमा बसेर समाजिक कार्य गर्दै आएकी अमेरिकी नागरिक म्यागी डोइन सीएनएन हिरो २०१५ को मनोनयनमा परेकी छिन् । सुर्खेतमा कोपिला भ्याली सञ्चालन गर्दै आएकी अमेरिका न्युजर्सी निवासी म्यागीले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएकी छिन् ।

अमेरिकी टेलिभिजन सीएनएनले विश्वमा सामाजिक कार्य गर्दै आएकाहरु मध्येबाट हरेक वर्ष सीएनएन हिरो छनोट गर्दै आएको छ ।

म्यागीले सन् २००६ मा जमिन किनिन् र स्थानीयसँगको सहकार्यमा कोलिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् । नेपालकी अनुराधा कोइराला र पुष्पा बस्नेतले यो उपाधि जितिसकेका छन् ।

साभार :एभरेस्ट टाइम

प्रतिक्रिया