बाना नयाँ बर्ष २०७२ शुभकामना साँझ

इनेप्लिज २०७१ चैत २९ गते २०:१७ मा प्रकाशित

11094720_907646895961129_9206443565452569576_nबाना (Baltimore Association of Nepalese in America) ले बिगत बर्षमा जस्तै यस वर्ष पनि नयाँ बर्ष २०७२ को अबसर पारेर बृहत सांस्कृतिक कार्यकमको आयोजना गर्न लागेको हार्दिक जानकारी गराउछौं | स्थानीय कलाकार, बिशिस्ठ व्यक्तित्वहरु तथा नेपालबाट आउनुभएका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, चर्चित लोक तथा दोहोरी गायिका संगीता थापा मगर , चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र युवापुस्ताका चर्चित आधुनिक गायक प्रमोद खरेलको बेजोड प्रस्तुती हेर्ने यो अबसर नगुमाउनु हुन हामी बाल्टिमोर , मेरिल्याण्ड तथा यस वरपर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गर्दछौं | उक्त कार्यकममा सहभागी भई भरपुर मनोरंजन लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं |
स्थान: St. Joseph Church
8420 Belair Road, Baltimore MD 21236
मिती : April 26, 2015. Sunday
समय: 7.30 PM
टिकट दर : $ 20.00
(१२ बर्ष सम्मका लाई प्रवेश निशुल्क, बिबिध परिकार सशुल्क)

प्रतिक्रिया