रोजगारमूलक व्यावहारिक शिक्षामा जोड

इनेप्लिज २०७१ चैत २९ गते ४:२४ मा प्रकाशित

Saugat-Bistaकाठमाडौँ, २९ चैत । सूर्योदय आवासीय माध्यमिक विद्यालयले २९औँ वार्षिकोत्सवका अवसरमा विश्व कीर्तीमान राख्न सफल कान्छा फिल्म निर्देशक सौगात विष्टलाई शनिबार सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा सोही विद्यायलमा कक्षा २ मा अध्ययनर विष्टलाई उत्कृष्ट विद्यार्थीका रूपमा तथा उत्कृष्ट शिक्षक कर्मचारीका रूपमा विनिता शाही, कविता कार्की, रचना श्रेष्ठ, लक्ष्मी ढकाल, सुरेश भट्ट, ठाकुर पोखरेल र सरस्वती कार्कीलाई सम्मान गरेको हो ।

सो अवसरमा प्रा डा सुरेशराज शर्माले काम चलाउ शिक्षाभन्दा रोजगारमूलक व्यावहारिक शिक्षामा जोड दिनुभयो । प्रा डा पार्थिवेश्वर प्रसाद तिमिल्सिना र डा उदयराज शर्माले पछिल्लो पटक समग्र शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई सरकारले जतिसक्दो चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रिन्सिपल एवम् प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले गुणस्तरीय शिक्षाका लागि समग्र शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया