सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:१३
वासिङटन डिसी 14:28

पूर्वमन्त्री अन्सारीको निधन

इनेप्लिज २०७१ चैत २९ गते २:४७ मा प्रकाशित

salim-miya

काठमाडौँ, २९ चैत । पूर्वमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का नेता सलिम मियाँ अन्सारीको ६३ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो । अन्सारी लामो समयदेखि मिर्गौला पीडित भई उपचारत हुनुहुन्थ्यो । अन्सारी विगतको निर्वाचनमा बाराबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेकपा (एमाले) मा लामो समय राजनीति गर्नुभएका अन्सारी २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री समेत हुनुभएको थियो । रासस

प्रतिक्रिया