एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासीहरुको अन्तिम सार्वजनिक बहसको कार्यक्रम ड्यालासमा |
इनेप्लिज
२०७१ चैत २८ गते १३:४९ मा प्रकाशित
ड्यालस, टेक्सास, अमेरिका,अप्रिल १० | आसन्न एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासीहरुको अन्तिम सार्वजनिक बहसको कार्यक्रम ड्यालासमा हुन लागिरहेको छ | यही आइतवार यहाँ नेपाल-अमेरिका पत्रकार संघ-नेजाले यो अन्तिम सार्वजनिक बहस कार्यक्रम आयोजना गर्न लागेको हो | कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक एवं नेजाका सोही क्षेत्रका क्षेत्रीय संयोजक विकासराज न्यौपानेले जानकारी दिनु भएको छ | स्थानीय तहमा चुनावी प्रचारको अन्तिम सार्वजनिक कार्यक्रम हुने भएकोले अधिकांश उम्मेदवारहरुले कार्यक्रममा सहभागिता जनाउने न्यौपानेले जानकारी दिनु भएको छ |
ड्यालस एनआरएन सदस्य संख्यामा तेश्रो बढी सदस्य भएको शहर हो | तसर्थ यो शहरमा हुन लागेको एनआरएन चुनावी बहस कार्यक्रममा सहभागी हुन अमेरिकाका अन्य राज्यबाट समेत उम्मेदवारहरु आउदैछन् |
समुदायलाई एनआरएन अमेरिकाका उम्मेदवारहरुको एजेन्डाका बारे सम्बन्धित उम्मेदवारहरुबाटै प्रत्यक्ष जानकारी गराउने र समुदायका सदस्यहरुको उम्मेद्वारहरुसंग प्रत्यक्ष सवाल जवाफ गराउने उद्देश्यले नेजाले यस्तो कार्यक्रम गर्न लागेको हो |
कार्यक्रम
नेजा सामुदायिक अन्तरसम्वाद कार्यक्रम
ड्यालस ,टेक्सस कार्यक्रम
मिति: अप्रिल १२, २०१५ आइतवार
समय : दिनको ४ .०० बजे
स्थान : नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC)
2016 West Grauwyler RD Irving TX 75061
संयोजक
सम्पर्क:
आयोजक :
नेपाल-अमेरिका पत्रकार संघ (नेजा)
प्रतिक्रिया