अप्रावासी नेपालीहरुको संघ विश्वभरको नेपालीहरुको संजाल र संगमको चौताराको रुपमा एनआरएनलाई लिन सकिन्छ यसमा दुई मत छैन। आफ्नो सुनौला भविष्यको खोजीमा शैक्षिक क्षेत्रबाट बिदेशमा बसेर बौद्धिक र आर्थिक भनौ सरस्वति र लक्ष्मी दुवै प्राप्त भैसके पछि आफ्नो पहिचानमा लागेको चोटबाट डा. उपेन्द्र महतोले संसारभरका नेपालीलाई एउटा थलोमा ल्याएर त्यस शक्तिबाट देशलाई सम्बृदि गर्ने सोचले २००३ मा एनआरएनको उत्त्पत्ति भएको हो। आज आएर शेष घलेको अध्यक्षताले यस संघलाई अझ लोकप्रिय र सकारात्मक नजर दिलाएको छ यो पनि कसैले नकार्न सकिदैन। त्यहि कारणले पनि दुई बर्ष पहिला उम्मेद्धार खोज्नु पर्ने एनआरएन आज उम्मेद्धारको होडबाजीले नेपाली समाज रंगिएको अवस्था देखिन्छ। यसलाई अन्यथा लिनु भन्दा पनि एक प्रजातान्त्रिक अभ्यास र एनआरएन प्रति नेपालीको चासो बढेको रुपमा स्वीकार्दाले बेश होला।
त्यहि सिलसिलामा आगामी निर्बाचनमा अमेरिकाको कार्यसमिति तथा आईसीसी सदस्यहरुको लागि उम्मेद्धार व्यक्तिहरुको बीच नेजाले सन् फ्रान्सिस्को, क्यालिफोर्नियामा यहि अप्रिल ९, २०१५ मा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुने सौभाग्य पाँए। नेपाली समुदायमा यस किसिमको कार्यक्रमलाई सोच बिकासको रुपामा लिदै उत्साहित हुदै कामबाट छुट्टी लिएर ओम मण्डल हल पुगे। सार्बजानिक गरेको अनुसार समय ४ बजे थियो। उदेश्यमा उम्मेद्धवारहरुको बीच अन्तरकृया तथा अरु केके थुप्रै कुरा लेखिएता पनि कार्यक्रमको रुपरेखा भने खासै थिएन। करिब पाच बजे स्थलमा पुग्दा सहभागीहरु समुह समुहमा गफ गर्नमा मस्त देखिन्थे। हल भने हल्लाले गुज्जिरहेको थियो। तर कार्यक्रमको बारे कुनै जानकारी थिएन। अनाविज्ञा भै कार्यक्रमको प्रतिक्षमा बसे। बल्ल बल्ल साढे दुई घण्टाको ढिलाई पछि लामो आशणग्रहण गर्दै स्थानीय केहि व्यक्तिहरुको मन्तब्य पछि पर्खाईमा बसेको उम्मेद्धवारहरुको बिचार बुझ्ने पालो आयो। पाच मिनेटको समयमा आफ्नो बिचार राख्नु पर्ने तथा अध्यक्ष पदका हरुलाई सात मिनेट समय दिएको थियो। त्यसपछि अध्यक्ष उम्मेद्धारहरु प्रति जनताको प्रश्न थियो। कार्यक्रमको रोचक रुप वा एउटा नौलो अनुभव लिने अभिलाषाले भोलि बिहानको कामलाई पनि माया मारेर हाम्रो जोडी अबेला सम्म सभामा बसिरह्यौ।
उम्मेद्धवारहरु टाढा टाढा जस्तै न्युयोर्क, वासिंगटंग, बाल्टिमोर तथा लसएञ्जलस देखि आएका थिए। हाम्रो आफ्नो हुनेवाला प्रतिनिधिहरुलाई प्रत्यक्ष भेट्न पाउनु र बिचार सुन्न पाउनु एउटा सुनौला मौका दिएको थियो नेजाले धन्यबाद दिनैपर्छ। उम्मेद्धवारहरुको परिचय र उहाँहरु उम्मेद्धार हुनुको उदेश्य बारेमा सबैको बिचार सुने। कार्यक्रमको शुरुवात देखि अन्तिम सम्म बसे। हरेक मानिसको आफ्नो सोच र दृष्टि हुन्छ। कुन राम्रो र नराम्रो भन्नु भन्दा पनि फरक बिचार र नजर भनेर बुझ्दा राम्रो होला। यदि फरक बिचार र दृष्टिकोणलाई मध्यनजर नराख्ने हो भने परिबर्तन हामीबाट भाग्नेछ। हामी उही आफ्नो संस्कार, संस्कृति र पहिचानको आवाजमा मात्र सिमित नरहला भन्न सकिदैन। धेरै उम्मेद्धवारहरुको भनाई थियो यो। नेपाली बीच एकबद्धता, सद्भाव र पहिचान। खुशी लाग्यो उहाँहरुको नेपाल र नेपाली प्रतिको माया र सम्मान देखेर। हामी विश्वकै बिकसित मुलुक अमेरिकामा बसेका छौ। एकचोटी सोचौ ! किन अमेरिकी सभ्यता नेपाली सभ्यता भन्दा यति फरक साथै सभ्य छ। यसको राम्रो पक्ष र सभ्य हुनुको कारण के होला? त्यसपट्टि ध्यान भने कसैले दिए जस्तो लागेन। जे होस्, नौलो सोच सहित बलियो Mission र सफा Vision को प्रष्ट बिचार सुन्ने अभिलाषा भने बाँकी नै रह्यो। नेपाली समाजमा परिबर्तनको ठुलो खाँचो छ। जब सम्म परिबर्तन ल्याउन सक्दैन तब सम्म सभ्य समाजको निर्माण कहिल्यै हुदैन। हाम्रो समाज एउटा सभ्य समाज बनाउँने दायित्व अरु कसैको होईन तपाई हाम्रै हो। समय भन्दा सम्मान, काम भन्दा नाम र बिचार भन्दा व्यक्तिलाई प्राथमिकता दिनु हाम्रो पहिचान होईन।
प्रतिक्रिया