सहमतिको वातावरण बन्दैछ : मन्त्री रिजाल

इनेप्लिज २०७१ चैत २७ गते १८:४३ मा प्रकाशित

minendra-riajal-300x200

वीरगन्ज, २७ चैत । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणका लागि सबै दलबीच एकता, सहमति र सहकार्य आवश्यक भएको जनाउँदै अहिले सहमतिको वातावरण बन्दै गएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाराद्वारा आज सिमरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहा“ले भन्नुभयो, “आपसी सहमति, सम्झौता र एकताबाटै संविधान ल्याउनुपर्छ, तर संविधानका सबै विषयवस्तुमा सहमति हुन्छ भन्न सकिन्न, त्यसैले जुन विषयमा सहमति हुन सकिदैँन, त्यसमा प्रक्रियागत सहमति गरेर संविधान निर्माण गर्नुपर्छ ।”

विपक्षी दलसँग अहिले सहमतिको वातावरण बन्दै गएको र यसमा एमाओवादीसमेत सकारात्मक देखिएको बताउ“दै उहा“ले भन्नुभयो, “संविधान निर्माण गर्ने हो भन्ने सबै दल मिलेर अगाडि बढ्नुको विकल्प छैन् ।”

प्रतिक्रिया