मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०९:१५
वासिङटन डिसी 22:30

आगलागीमा मोटरसाइकलसहित घर जल्यो

इनेप्लिज २०७१ चैत २७ गते ४:४८ मा प्रकाशित

aagoगोलबजार (सिरहा), २७ चैत । सिरहाको दक्षिणवर्ती गाविस इटाटार–७ मा आज बिहान भएको आगलागीबाट रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । उक्त आगलागीमा परी एउटा मोटरसाइकलसमेत जलेको छ ।

इटाटार–७ का रामविलास यादवको एउटा फुसको घर र सोही घरमा राखेको स. ४ प ३५०४ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको स्थानीय धमेन्द्र पासवानले जानकारी दिनुभयो ।

आगलागी इलाटार सशस्त्र क्याम्पबाट र प्रहरी चौकी औरहीबाट पुगेको सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया