तरकारीमा विषादी प्रयोग १५ प्रतिशतले घट्यो

इनेप्लिज २०७१ चैत २७ गते ४:४७ मा प्रकाशित

tarkariरत्ननगर (चितवन), २७ चैत । चितवनमा तरकारीबालीमा विषादीको प्रयोग घटेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार १५ देखि २० प्रतिशतले तरकारीमा विषादीको प्रयोग घटेका छन् ।

विषादीसम्बन्धी हेर्दै आएका कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले रासायनिक विषादीको प्रयोग घटाएर किसान जैविक विषादीतर्फ आकर्षित भएको पाइएको बताउनुभयो । जिल्लामा जैविक विषादीको उद्योग समेत सञ्चालन हुन थालेका छन् ।

गएको वर्षको तथ्याङ्कमा चितवनमा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी तरकारीमा विषादी प्रयोग हुने गरेको पाइएको छ । विभिन्न एग्रोभेटले समेत किसानहरुले विषादीको माग कम गरेको र लानै परेपछि कृषि विज्ञको सुझावको आधारमा लाने गरेको बताएको छ ।

अघिल्लो वर्ष सार्वजनिक तथ्याङ्कअनुसार प्रयोग भएका विषादीमध्ये तरकारीमा मात्रै करिब ९० प्रतिशत विषादी प्रयोग हुने गरेको थियो । काठमाडाँैमा ल्याव मै राखेर विषादी परीक्षण हुन थालेपछि किसान समेत सचेत भएका वाग्लेले बताउनुभयो ।

मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले चितवनमा विभिन्न चेतनामूलक कार्यक्रम गरी विषादी न्यूनीकरणको प्रयास थालिएको कृषि कार्यालयले जनाएको छ ।

यहाँ प्राङ्गारिक कृषि खेतीलाई प्रोत्साहन गरिएको र करिब २०० किसान यसमा सक्रिय रहेको बाली संरक्षण अधिकृत वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया