ताल ठेक्कामा दिएर विद्यालयलाई सघाउँदै सामुदायिक वन
कञ्चनपुर, २६ चैत । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ९ सिसैयामा रहेको बृन्दावन सामुदायिक वनले आफ्ना स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ ।
वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक वनले दुई वटा विद्यालयको भौतिक निर्माण र फर्निचर निर्माणका लागि खर्च जुटाउने कार्य गर्दै आएको छ ।
अशिग्राम माध्यमिक विद्यालय र मङ्गल प्राथमिक विद्यालयलाई रु ३५ हजारका दरले रकम प्रदान गर्ने व्यवस्था मिलाइएको वनका सदस्य तेजबहादुर सुनारले बताउनुभयो ।
सामुदायिक वनले प्रदान गर्दै आएको रकमबाट फर्निचर निर्माण र भौतिक पूर्वाधारमा लगानी गरिँदै आएको अशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर ऐरले बताउनुभयो ।
रकमसँगै दुवै विद्यालयलाई फर्निचर निर्माणका लागि वनले सालको काठसमेत उपलब्ध गराएको जनाएको छ ।
गत आवदेखि विद्यालयलाई सामुदायिक वनले रकम उपलब्ध गराउने व्यवस्था गरेको हो । सामुदायिक वनभित्र वर्षभरि एकनासको पानी रहने एउटा र वर्षाको पानीले भरिने दुई वटा गरी तीन वटा प्राकृतिक ताल रहेका छन् ।
यसैगरी असहाय, विपन्न परिवारलाई औषधोपचार गर्न र आयआर्जनका लागि सघाउ पुर्याउनका लागि कोष स्थापनाका लागिसमेत कार्य अगाडि बढाइएको सामुदायिक वनका अध्यक्ष मंगरु डगौराले बताउनुभयो ।
वनले घाँस बिक्री, दण्ड जरिवाना, काठ बिक्री, दाउरा बिक्री, ताल ठेक्कामा दिएर आम्दानी गर्दै आएको छ ।
सामुदायिक वनमा ५०० भन्दा बढी उपभोक्ता निर्भर रहेका छन् ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया