सिरहामा महिला हिंसा बढ्यो
लहान, २६ चैत । सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा घरेलु महिला हिंसा बढेको उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले पछिल्लो पुस १७ देखि चैत १७ गतेसम्मको तीन महिनाको अवधिमा जिल्लाका विभिन्न भागमा १४ वटा घरेलु हिंसाका घटना भएको जानकारी दिनुभयो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी सिरहाको लहान नगरपालिका क्षेत्रमा १० वटा र लहान बाहिरका ग्रामीण बस्तीमा चार वटा घरेलु हिंसाका घटना भएकामा सबै घटना प्रहरीको रोहवरमा मिलापत्र गरिएको छ ।
त्यस विषयमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले अधिकांश घरेलु हिंसाका घटना ठाडो उजुरीको रुपमा आउने र घरेलु हिंसा कसुर र सजाय ऐनमा पनि उजुरी परेको एक महिनाभित्र मिलापत्र गर्न सकिने व्यवस्था भएकाले मिलापत्र भएको बताउनुभयो ।
प्रतिवेदनमा उक्त अवधिमा भएका २५ वटा मानवअधिकार हननअन्तर्गत तीन वटा घटनामा एक महिलासहित तीन जना पीडित भएका छन् । गैरराज्य पक्षबाट भएका २२ वटा घटनामा २० महिलासहित २१ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको विभिन्न भागमा उक्त अवधिमा हत्या दुई, बालिका बलात्कार दुई, महिला बलात्कार एक, बाल विवाह एक, सवारीसाधनमा एक घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा कार्यक्रममा प्रहरी नायब उपरीक्षक चतुर्वेदीले जिल्लाको मानवअधिकार संरक्षण र संवद्र्धनका लागि अधिकारकर्मीसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सहभागीहरुले घटनाको दस्तावेजीकरण मात्र नगरी पीडितले न्याय पाए कि पाएनन् भन्ने विषय पनि प्रतिवेदनमा विस्तृतरुपमा उल्लेख गरिनुपर्ने सुझाव दिएका थिए ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया