मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:१८
वासिङटन डिसी 17:33

विषादी सेवनले युवकको मृत्यु

इनेप्लिज २०७१ चैत २५ गते ३:१४ मा प्रकाशित

poisne-harekpalकञ्चनपुर, २५ चैत । विषादी सेवन गर्दा कञ्चनपुरको देखतभूली– २ जाँइकाका २४ वर्षीय रमेश रानाको गएराति मृत्यु भएको छ ।

विषादी सेवन गरेपछि तत्काल रानालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि उनको राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाले प्रेम विवाह गर्न नपाएपछि विषादी सेवन गरेको बताइएको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया